काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमा ५६ अर्बको खाद्यान्न आयात, नौ अर्बको चिया मात्र

7.41K
shares

गत आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ । आर्थिक वर्ष २०७९र८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

नेपालले एकै वर्ष झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ । चामल,धान, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् ।

यस्तै, झन्डै नौ अर्ब रुपैयाँको चिया कफी, झन्डै ८७ अर्ब रुपैयाँको घिउ तेल र पाँच अर्ब रुपैयाँको चिनी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्षमा दुई अर्ब रुपैयाँभन्दा धेरैको माछा मासु भित्रिएको छ । यस्तै दुई अर्ब ५५ करोड रुपैयाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी र २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ ।

नेपालले हरेक वर्ष कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन भन्दै अर्बौँ रुपैयाँ अनुदान दिँदै आए पनि नेपालले हरियो तरकारीदेखि खाद्यान्न, घिउ तेल, चिया कफीलगायतका वस्तु आयात गर्दै आएको छ ।