काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंक, लघुवित्त तथा सहकारीले कृषिका नाममा अनुदान लिएर कृषि क्षेत्र डुबाएको मेडिकल व्यवसायी प्रसाईको आरोप

43.09K
shares

बैंक, लघुबीत्त तथा सहकारीहरुले कृषिका नाममा ऋण दिएको आरोप मेडिकल व्यवसायी दुर्गा प्रसाईले लगाएका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईले आज पेरसीडाँडा पत्राकार सम्मेलन गदै नेपालको कृषि सिमिति व्यापारीले हातमा लिएका कारण किसानहरु मारमा परेको आरोप लगाएका छन् ।

 

नेपालमा रहेका सम्पूर्ण बैंक, लघुबीत्त तथा सहकारी हरुले ऋणी नेपाली नागरीकहरुलाई गरेको चरम आर्थिक शोषण र अमानविय व्यवहारले गर्दा लाखौं नेपाली युवाहरु बैंक तथा लघुबीत्त र सहकारीहरुको ऋण तिर्न समस्या भएका कारण वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । ‘सर्वसाधारण नागरिकहरुको अवस्था यस्तो छ । भने, बैकहरुले बार्षिक रुपमा गरेको लगानी कारोवारको कुलरकममध्ये कम्तिमा १५ प्रतिशत लगानी किसान, गरिब , दुखी र सिमान्तकृतहरुलाई अनिवार्य लगानी गर्नुपर्ने नियम छ । तर, यो नियमलाई कुल्चदै ठुला घरानिया ५५ जना ब्यापारीहरुले नक्कली कागजात तयार गरी उक्त सहुलियत पुर्ण ऋण लिएका छन् । यो कुरा मैले पटक पटक भन्दै आएको पनि छु ।’ उनले भने, ‘१ तिहाई युवाहरु लास बनेर बाकसमा फर्किन्छन् भने यहि बसेर केहि गर्छु भन्नेहरु लाई पनि गरिखाने वातावरण छैन ।

बैक, लघुबीत्त र सहकारीको चक्रवर्ती ब्याज तिर्न नसक्दा उनिहरुले दिएको मानसिक तनाव सहन नसकेर नागरिकहरुले अकालमै आत्महत्याको बाटो रोज्न पुगेका छन् । स्वदेशमै बसेर केहि गरौै भन्ने नेपाली नागरिकलाई दिदैन् । विदेश पुगेर श्रम गरेर कमाएर ऋण तिर्छु भनेपनि बाँचेर फर्कने सम्भावना न्यून छ ।’

सहुलियतपुर्ण कृषि कर्जा लिने र त्यसमा पनी ब्याजमा अनुदान पाउने ठुला ब्यापारीहरु

(१) इष्टर्न एग्रिकल्चर फर्म( गोल्यान समुह (हाल सिबिफिन का अध्यक्ष तथा एन एम बि बैंकका अध्यक्ष)
(२) फेवा गुप अफ पोल्ट्री (मोती प्रसाद पौडेल)
(३) जगदम्बा टी प्रोसेसिङ प्रा ली (सौरभ समुह)
(४) नेपाल चिया बिकास लिमिटेड (त्रिवेणी समुह (संघाइ ग्रुप)
(५) सिताराम गोकुल मिल्स ( केडिया अर्गनाइजेशन (केडिया ग्रुप)
(६) मोर्डन टी इन्ड्रष्टीज (गोबिन्दराम सरिया)
(७) कुखुरा सम्वन्धि ब्यवसायको ठुलो कारोवारी समुह ( भ्याली ग्रुप अफ इन्ड्रष्ट्रीज अन्तरगतका चार कम्पनी)
(८) पैंचो पसल ( न्यौपाने तथा बेष्टर्न बिजनेस ग्रुपका लगानीकर्ताको कम्पनी)
(९) शीक्त फुड्स प्रा. ली (ब्यवसायी प्रकाश महर्जन)
(१०) राजधानी डेरी (राजकुमार दहाल)
(११) नेपाल डेरी
(१२) पञ्चरत्न समुह अन्तरगतका चार कम्पनी ( तिलचन्द्र भट्राई)
(१३) डल्लाकोटी पोल्ट्री फर्म चितवन
(१४) दाउन्ने पोल्ट्री ब्रिडीङ फर्म
(१५) बालाजु दाना उद्योेग, आधुनिक ब्रिडीङ फर्म, आधुनिक डेरी प्रोडक्ट र आधुनिक एग्रो प्रोडक्ट ( आधुनिक पोल्ट्री)
(१६) बालाजु ह्याचरी
(१७) फुँयाल पोल्ट्री एण्ड ह्याचरी उद्योग ( नारायण फुँयाल)
(१८) गौरमेट भियना मिट एण्ड मोर प्रोडक्ट
१९) भट्टराई पोल्ट्री फर्म ( डा.अशेष भट्टराई)

कोष नै अनुदानमा लिनेहरुमा

(१) मिर्मीरे लघुवित्त बनेपा
(२) एनआरएन लघुवित्त कैलाली
(३) घोडाघोडी लघुवित्तकैलाली
(४) खप्तड लघुवित्त कैलाली