काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिँचाइको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान

5.04K
shares

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले कृषि सिँचाइ मिटरको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षबाट सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिने गरी कार्यक्रम तय गरेको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए ।

कृषि पेसा गरेका किसानलाई सिँचाइमा सुविधा दिने योजनाअनुसार नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको र सोही अनुसार बजेटसमेत व्यवस्थापन गरेको नगर प्रमुख भुसालले बताए । सिँचाइको समस्याका कारण उत्पादनमा कमी नआओस् भनेर सिँचाइमा अनुदान दिन लागेको उनले बताए।

किसानलाई सिँचाइ मिटरमा अनुदान दिँदा कृषि उत्पादनको लागत थोरै भए पनि घटाउन सहयोग पुग्ने र किसानले उत्पादन गर्ने कृषि उपजबाट धेरै आम्दानी गर्न सक्ने भएकाले सिँचाइ मिटरको शुल्कमा अनुदान दिन लागिएको नगर प्रमुख भुसालले बताए ।

“किसानलाई प्रत्यक्ष रुपमा लागतमा अनुदान प्रदान गर्दै सिँचाइका कारण उत्पादनमा कमी हुन नदिने र उत्पादन लागत घटाउने हाम्रो उद्देश्य हो, सोही अनुसार ५० प्रतिशत अनुदान दिने योजना बनाएका छौँ”, नगर प्रमुख भुसालले भने,  “यो वर्ष कार्यक्रम कार्यान्वयन गर्ने गरी लागेका छौँ ।”

कावासोती नगरपालिकाले नगरभित्र रहेका कृषि फार्म, समूह, सहकारीमा रहेका कृषि सिँचाइ मिटरको शुल्कमा ५० प्रतिशत अनुदान दिन लागेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताए ।

नगरभित्र कृषि सिँचाइ मिटरको अभिलेख राखी वार्षिक रुपमा ती सिँचाइ मिटरमा उठेको शुल्कमा ५० प्रतिशत अनुदान नगरपालिकाका तर्फबाट दिइने शाखा प्रमुख कुमालले बताए ।