काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

5.17K
shares

प्राइम कमर्सियल बैंक लिमिटेडको १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर साउन ३ गतेदेखि सर्वसाधारणमा जारी भएको छ । यो शेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनी एवम् अन्य व्यक्ति तथा संस्थाहरूले साउन १७ गतेभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र साउन १८ गते बिहान ११ बजे खोलिने कार्यक्रमसमेत तय भइसकेको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ छ ।