काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुथेली बुखरीको आईपीओमा ११ लाख बढीको आवेदन, कहिले हुन्छ बाँडफाँट ?

5.78K
shares

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि आज २९ गतेसम्म निष्काशन गरेको आईपीओमा ११ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन, शुक्रबार साँझ बजेसम्ममा ११ लाख ८ हजार २३२ जना आवेदकबाट १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता शेयरको ११७.५४ गुणा बढी हुन आउँछ ।

कम्पनीले आफ्नो जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत अर्थात २ लाख ४३ हजार ७३५ कित्ता शेयर साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको १० प्रतिशत अर्थात १ करोड २१ लख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ ह्जार ८६८ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख २१ हजार ८६७ कित्ता शेयरको १० प्रतिशत अर्थात १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता शेयर गरी कुल १ लाख ३४ हजार ५४ कित्ता शेयर निष्काशन गरी बाँडफाँड समेत गरि सकेको छ ।