काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सप्तकोसीमा ट्रक खस्यो, ३ जनाको सकुशल उद्धार

6.87K
shares

कोसी ब्यारेजको पुलमा शुक्रबार बिहान ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा सप्तकोसी नदिमा ट्रक खस्दा नदिमा पर्ने ३ जनको सकुसल उद्धार भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उद्वार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् भने अन्य २ जनाको अवस्था सामान्य रहेको छ ।

बसका सवार यात्रु भने सकुशल रहेको प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईले जनकारी दिएका छन् । दुर्घटनामा परेको बसलाई कोसी ब्यारेजको पुलबाट बाहिर निकालिएको प्रहरीको भनाई छ ।

‘विपरीत दिशाबाट आएको ट्रक र यताबाट जाँदै गरेको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो,’ डीएसपी राईले भने, ‘ट्रकमा रहेका तीनजनालाई तत्काल उद्वार गरियो, जसकारण मानवीय क्षति भएन ।’

बर्खायाममा मनसुनका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘ट्रक नदीमा खसेपछि केही देखिएन, बर्खाकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ,’ राईले भने, ‘कोसी ब्यारेजको १० नम्बर ढोकाको बार पनि भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको हो ।’

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बर ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बर बस आज बिहान ठोक्किएको थियो ।

यात्रुसहित झापाको काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको बससँग ट्रक एकापसमा ठोक्किएको थियो । अहिले घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।