तीन दिनमा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० असार २९ शुक्रवार १२:१५
shares

पहिल्लो तीन दिनमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । बुधबार ३ सय रुपैयाँले बढेको सुनको मूल्य बिहिबार ८ सय रुपैयाँले बढेको थियो । यस्तै आज पनि १ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।

























