काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा १ करोड मृत्यु दावी भुक्तानी

6.43K
shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क१ करोड रकम भुक्तानी गरेको छ ।

कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन बर्ष अघि १ करोडको जीबन बीमा गरेका देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो ।

कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए ।

कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।