मनाङ एयर हेलिकप्टर दुर्घटनामा मृत्यु भएका क्याप्टेन सीबी अनुभवी मानिन्थे
वि.सं.२०८० असार २६ मंगलवार १६:०७
shares

मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो ।
हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे । गुरुङले १९९८ देखि नेपालमा हेलिकप्टर उडाउन थालेका थिए। रुसबाट पाइलट कोर्स गरेका उनले २०१४ सम्म रसियन हेलिकप्टर उडाएर आफनो परिक्षाकाल सकेर नेपाल फर्किएका थिए ।
१ वैशाख २०७६, नयाँ वर्षको एकाबिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । उक्त दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए गुरुङ । उनी घाइते भए । सो बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो । त्यो दुर्घटनामा जोगिएको र जोगाएको भन्ने उनको चर्चा समेत भएको थियो ।
चार वर्षअघि गम्भीर घाइते भएर बाँचेका गुरुङ मंगलबार (असार २६ गते) फेरि सोलुखुम्बुमै हेलिकप्टर दुर्घटनामा परे। दुर्भाग्य१ यसपटक भने उनी बाँच्न सकेनन्। यो नै उनको अन्तिम उडान भएको मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेले विभिन्न सञ्चारमाध्यममा दिएको जानकारीमा भनिएको छ ।
उक्त दुर्घटनामा जहाजका को(पाइलट सुजित ढुंगाना, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको थियो । गुरुङले २०१४ देखि मनाङको हेलिकोप्टर उडाउन थालेका थिए। मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेका अनुसार उनी पहिलो लटको पाइलट कोर्स पढ्ने मध्यका एक हुन्।
२५ वर्षको अनुभव भनेको चानचुने होइन। उनले यो अवधिमा २ हजारभन्दा बढी दुर्गम क्षेत्रमा हवाई यातायात उडान गरेका छन् । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । उनले दुवै एयरलाइन्सलाई जोगाएर अनि आफुपनि बाँचे ।
गोरखा एयरलाइन्स, इम्प्रो एयरलाइन्स र श्री एयरलाइन्स गरी तीनवटामा १६ वर्ष हेलिकप्टर उडाएपछि उनी १० वर्षअघि मनाङ आएका हुन्। गुरुङका एक श्रीमती र छोरी लन्डनमा छन्। उनीहरुलाई नेपाल ल्याउने तयारी भइरहेको छ।

























