गृहपृष्ठ कोशी प्रदेशमा गत वर्षभन्दा ४.७१ प्रतिशत बढी धान रोपाई, कुन जिल्लामा कति ?

कोशी प्रदेशमा गत वर्षभन्दा ४.७१ प्रतिशत बढी धान रोपाई, कुन जिल्लामा कति ?

कोशी प्रदेशमा गत वर्षभन्दा ४.७१ प्रतिशत बढी धान रोपाई, कुन जिल्लामा कति ?

कोशी प्रदेशमा गत वर्ष भन्दा यो वर्ष ४.७१ प्रतिशत बढी धान रोपाई भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयले दिएको तथ्यांक अनुसार यो वर्षको असार २१ गते सम्ममा कोशीमा ३६।६७ प्रतिशत धान रोपाई सम्मपन्न भएको छ ।

तर, गत वर्षको सोहि अवधिमा अर्थात असार २० गते सम्ममा ३१.९६ प्रतिशत मात्र धान रोपाई भएको निर्देशनालयले जनाएको छ । कोशीको ८ लाख २६ हजार ६४६ हेक्टर खेखियोग्य जमिन मध्ये ३ लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ ।

त्यसमध्ये असार २१ गते सम्ममा १ लाख २४ हजार ९ सय ७६.८४ हेक्टरमा धान खेति भएको कृषि विकास निर्देशनालय विराटनगरका निमित प्रमुख प्रकाश कुमार डाँगीले जानकारी दिएका छन् ।

उच्च पहाडका ३ जिल्लामा ३८.३९ प्रतिशत धान रोपाई भएको निर्देशनालयले दिएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, मध्य पहाडको ८ जिल्लामा ३०।२६ प्रतिशत र तराईको ३ जिल्लामा ३६.६७ प्रतिशत धान खेति भएको छ ।

खेति भएको कसरी मापन हुन्छ ?

कोशी प्रदेशको उद्योग, कृति तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय विराटनरले कोशी प्रदेशको कुन जिल्लामा कति धान खेति भयो भनेर जानकारी दिने गर्छ ।
निर्देशनालयले कृषि ज्ञान केन्द्रसँग कुन जिल्लामा कति कृषि खेति भयो भनेर माग्ने गरेको निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठले न्युज कारोबारलाई जानकरी दिईन् ।

श्रेष्ठको अनुसार ज्ञान केन्द्रले स्थानी तहसँग समन्यव गरेर कुन क्षेत्रमा कति धान खेति भयो भनेर तयार गर्छ । ‘हामीसँग तल्लो तहबाट नै कुन क्षेत्रमा कति धान खेति भयो भनेर तथ्यांक आउने गर्छ ।’ श्रेष्ठले न्युज कारोबारसँग भनिन् ।

कुन जिल्लामा कति प्रतिशत ?

उच्च पहाडी

ताप्लेजुङ– ४० प्रतिशत
संखुवासभा– ३५ प्रतिशत
सोलुखुम्बु– ६० प्रतिशत

मध्य पहाडी

इलाम– ३२ प्रतिशत
पाँचथर– ३५ प्रतिशत
भोजपुर– ४६।९० प्रतिशत
तेह्रथुम– ४१ प्रतिशत
धनकुटा– १० प्रतिशत
ओखलढुङ्गा– ३२ प्रतिशत
खोटाङ– २६ प्रतिशत
उदयपुर– १० प्रतिशत

तराई

झापा– ४८ प्रतिशत
मोरङ– ३५ प्रतिशत
सुनसरी– ३१ प्रतिशत

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु