global ime bank Long Banner Ad

गृहपृष्ठ घरेलु तथा अवैतनिक कामदारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

घरेलु तथा अवैतनिक कामदारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

घरेलु तथा अवैतनिक कामदारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

घरेलु तथा अवैतनिक महिला कामदारको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको छ । अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले सो क्षेत्रमा आवद्ध महिला कामदारले भौग्दै आएका समस्या, उनीहरुले पाउने पारिश्रमिकबारे गरिएको अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अनुसन्धान प्रतिवेदनउपर विज्ञको सुझावहरूलाई समेत समावेश गरेर प्रतिवेदनलाई छिटै अन्तिम रुप दिइने युवालयका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए । उक्त अध्ययनका लागि युवालयले चार प्रदेशका १३ जिल्लालाई आधार बनाएको जनाएको छ । जसमा शहरी क्षेत्र रहेको काठमाडौँदेखि मधेशका जिल्लाहरु, सुदूरपश्चिमका तराई तथा पहाडी इलाकाहरु तथा लुम्बिनी तथा कर्णाली प्रदेशका केही जिल्लाहरु समेत समेटिएका छन् ।

सो अध्ययनका लागि २५ देखि ४० वर्ष उमेर समूहका कूल दुई सय आठ जना महिलासँग प्रत्यक्ष संवाद गरिएको थियो । जसमध्ये एक सय छ जना वैतनिक घरेलु कामदार रहेका थिए भने बाँकी एक सय दुई जना अवैतनिक कामदार रहेको कार्यक्रम संयोजक विष्णुबहादुर खत्रीले जानकारी दिए ।

वैतनिक कामदार तर्फ २२ प्रतिशतले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसाको अनुभव गर्नुपरेको बताएका छन् । त्यस्तै, बिहान र बेलुकाको काममा दौडधुप बढी हुने र एकभन्दा धेरै घरमा काम गरेका महिलाले बीचको समयमा पर्याप्त समय आराम पाउन नसकेको गुनासो गरेका थिए । यस्ता कामदारमध्ये अधिकांशले बिरामी हुँदा बिदा पाउने भए पनि बिदा लिँदा विभिन्न अपजसहरुको सामना गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

त्यस्तै, यसरी काम गर्ने अधिकांशको तलव मासिक तीनदेखि चार हजार रुपैयाँ मात्रै रहेको देखिएको छ । पारिश्रमिक कम भएकै कारण ३० प्रतिशतले जीविकोपार्जनका लागि एकभन्दा बढी घरमा काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । १४ प्रतिशतले त दुईभन्दा बढी घरमा काम गर्ने उल्लेख गरेका थिए ।

प्रकाशित समय : २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु