global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १० तस्विरमा हेर्नुहोस् धान दिवस तथा रोपाइँ

१० तस्विरमा हेर्नुहोस् धान दिवस तथा रोपाइँ

१० तस्विरमा हेर्नुहोस् धान दिवस तथा रोपाइँ २०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान रोप्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहतालगायत ।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि स् धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।

आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ ।

नुवाकोटको विदुर नगरपालिका–४ विदुरका किसान धान रोपाइँको तयारीको लागि ट्रयाक्टरले खेत जोत्दै ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।

लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक महिला । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन ।

आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको हो ।

घोराहीमा गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेश सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीलगायत । धान दिवसका अवसरमा नेपाल निजामती कर्मचारी सङगठन दाङद्वारा कार्यक्रम आयोजना गरिएको हो ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने सरकारी विश्वास छ ।

धान दिवसका अवसरमा शुक्रबार भरतपुरमा आयोजित ¥यालीमा सहभागी हुुनभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

 

२० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा घोराही–१७ डवरीस्थित गुठी खेतमा धान रोप्दै ।

 

२०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान रोपेपछि नाचगान गर्दै स्थानीय ।

 

रोपाइँ महोत्सवको अवसरमा भरतपुर महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन शाखाले शुक्रबार आयोजना गरेको रोपाइँ कार्यक्रममा मेसिनबाट धान रोप्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ।

 

सङ्खुवासभाको खाँदबारी नगरपालिका३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसमा विद्यार्थी ।

 

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा मलङ्गवा–२ स्थित ओरेक नेपालको सहयोगमा गरिँदै आएको सामुहिक खेती स्थलमा धान रोपाइँ गर्दै स्थानीय ।

 

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु