गृहपृष्ठ अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनमा जोड दिनुपर्छ : मन्त्री भुसाल
अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनमा जोड दिनुपर्छ : मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई बलियो बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उनले प्रविधि र बिउ किसानसम्म पुर्याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने धारण राखे । बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको समेत बताए ।
राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको समेत बताउनु भएको छ । मन्त्री भुसालले कृषि सामग्री संस्थानसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यस वर्ष मलको अभाव नहुने दाबी गरेका छन् ।
एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्याउन नसक्दा बसाइँसराइको दर बढिरहेको छ । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्याउन मन्त्रालय क्रियाशील हुने बताइएको छ ।
प्रकाशित समय : १३:२२ बजे




















