global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोशीका मुख्यमन्त्रीको छिनोफानो आज

कोशीका मुख्यमन्त्रीको छिनोफानो आज

कोशीका मुख्यमन्त्रीको छिनोफानो आज

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नेतृत्वको सरकार जोगाउने कोसिसमा समय लिँदा प्रदेशसभाको बिहिबारको बैठक स्थगित गरे । जुन आज फेरि बिहान ११ बजे तोकिएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनकै आग्रहमा सभामुख बाबुराम गौतमले बैठक सारे । विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्ता पक्ष–विपक्षमा रहेका दलका नेताहरुले छलफलमा भाग लिएका थिए ।

मुख्यमन्त्री कार्कीकै आग्रहमा दिउँसो पटक(पटक सारिएको बैठक मुख्यमन्त्री र मन्त्रीहरु सभामा नफर्किएपछि बस्न सकेन ।

मुख्यमन्त्री कार्की माओवादी केन्द्र, जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् । मुख्यमन्त्री कार्कीले सुरुमा बिहीबार आधा घण्टा‚ त्यसपछि १ घण्टा हुँदै शुक्रबार दिउँसोसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

उनलाई प्रदेशसभामा एकमत पुग्दैन । विश्वासको मतका लागि ४७ मत चाहिन्छ । तर कार्कीसँग ४६ मतमात्रै छन् । काँग्रेस माओवादीसहितको गठबन्धनमा पछि ४६ मतमात्रै छ । तर सभामुखलाई राजीनामा गराउन लगाएर पनि बहुमतमा पुग्ने र सरकार बनाउने दाउ उनीहरुको छ ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु