काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सहज छैन कोरियाको रोजगारी, कानुन कार्यान्वयन नभएको भन्दै कामदार आन्दोलित

6.64K
shares

रोजगार अनुमति प्रणाली ईपीएस खारेजीको माग गर्दैै दक्षिण कोरियामा कार्यरत आप्रवासी श्रमिकको आधिकारिक ट्रेड युनियन प्रवासी श्रमिक युनियन (एमटीयूसी) ले जुन १८ तारिखदेखि सोलस्थित पोछन सोङरीमा जुलुस प्रदर्शन गर्दै आएको छ ।

एमटीयूसीले ईपीएसलाई हटाएर विदेशी श्रमिकको स्वेच्छाले कार्यस्थल परिवर्तन गर्न पाउने गरी कार्य अनुमति प्रणाली (डब्लूपीएस) लागू गर्न कोरिया सरकारसँग माग गरिरहेको छ । नेपालसहित १६ वटा स्रोत देशबाट कामदार लिने ईपीएसको विपक्षमा कोरियाली युनियनहरु उभिएका छन् ।

कोरियाको श्रम मन्त्रालयले दुई वर्ष अगाडि ईपीएस प्रणालीबाट आएका श्रमिकको खाने, बस्ने खर्चसम्बन्धी निर्देशिका र कार्यस्थल परिवर्तनसम्बन्धी विवादलाई टुंगोमा पुर्‍याउन त्रिपक्षीय कार्यदल गठन गरेको थियो । तर, अहिले सोहीअनुसार काम नभएको भन्दै एमटीयूसीले विरोध गरेको हो ।

रोजगारदाताले भने मानेको छैन । रोजगारदाताको आफ्नै अडान छ । रोजगारदाता कम्पनी परिवर्तन गर्न ‘पटक’ घटाउनुपर्ने अडानमा छन् । अहिले कम्पनीको सहमति भए पहिलो ३ वर्षमा ३ पटक र १ वर्ष १० महिना अवधि थप भएमा २ पटक कम्पनी परिवर्तन गर्न पाइनेछ । कम्पनी परिवर्तन गर्न नपाइने डरमा रोजगारदातालाई फकाउन श्रमिकले मरेर काम गर्नुपर्ने बाध्यता भएको एमटीयूसीका अध्यक्ष उदय राईले दिएका छन् ।

कम्पनी सर्ने बहाना बनाई काम ठगेमा सिधै स्वदेश फिर्ता गर्ने अधिकार रोजगारदातालाई छ । प्रवासी श्रमिकले के कारणले कम्पनी परिवर्तन गर्न चाहेको भन्ने अभिलेख सबै कम्पनीलाई जानकारी दिनुपर्ने बाध्यता छ । यदि रोजगारदातालाई कामदारसँग चित्त बुझेन भने, समस्या सिर्जना गरेको राईले बताए । ‘रोजगारदाता कन्टेनर, अस्थायी घरमा बासका लागि अनुमति दिनुपर्ने पक्षमा छ । कोरियाले स्वेच्छाले कम्पनी परिवर्तन गर्न नपाउँदा अलेखबद्ध श्रमिक (कम्पनी छाडेर हिँड्ने) को संख्या बढेको छ ।’ उनले भने ।

लामो समय काम गरेकालाई विशेष प्राथमिकता दिई २ वर्षमा कम्पनीमा परिवर्तन गर्न सक्ने अधिकार सरकारले कानुनमै दिएको थियो । तर, सीप छ भने दुई वर्ष पनि घटाउन सकिने अडान युनियनले राख्दै आएका उनको भनाइ छ ।

सरकारले प्रतिबद्ध श्रमिक (कमिटेड) का लागि भने आफ्नो देशबाट आएको पहिलो कम्पनीमा १ वर्ष काम गरेको हुनुपर्ने सर्त राखेको छ । तर, झोला बोक्नेलाई कमिटेड आउन नदिने अडान राखेको थियो ।

गत साता सरकार, रोजगारदाता र ट्रेड युनियन सम्मिलित त्रिपक्षीय कार्यदलको बैठकमा पनि युनियन ईपीएस हटाउने पक्षमा उभियो । त्यही पक्षका आधारमा हाल कोरियाका विभिन्न शहरमा निरन्तर विदेशी श्रमिकले विरोध प्रदर्शन गरिरहेको एमटीयूसीले जनाएको छ ।

कोरियामा गत जुन १२ देखि जुलाई ३१ सम्म बिनाभिसाको प्रवासी श्रमिकलाई धरपकड गर्ने घोषणा गरेको थियो । विनाका कारण कम्पनीले समस्या देखाएर वार्षिक करिब ३० हजारसम्म प्रवासी श्रमिकलाई डिपोर्ट गर्दै आएको छ । यो कम्पनीकै कारण हुने गरेको कानुनभन्दा बाहिरको अपराध भएको युनियनका आरोप छ ।

१७ हजार ८ सय ५२ जनाको थियो । जुन कुल प्रवासीको संख्याको १७.८ प्रतिशत हो । यो वर्षको तुलनामा ६.३ प्रतिशतले बढेको कोरियाली तथ्यांक विभागले जनाएको छ ।

आकर्षक गन्तव्यका रूपमा स्थापित कोरियामा सन् २००७ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत ८९ हजार ८ सय १६ जना नेपाली श्रमिक गइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । हाल कोरियामा ४५ हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

कोरियामा कामदारले भोगिरहेको दुःख कोरियामै रहेका श्रमिक युनियनमाझ सीमित भएको एमटीयूसीको अध्ययनहरुमा उल्लेख छ । एमटीयूसीका अनुसार थोरै मात्र नेपाली छन्, जसले कोरियामा कामदारले भोगिरहेको दुःखका कुरा गर्छन् ।

कोरियाली श्रम कानुनअन्तर्गत घरेलु उद्योगका रूपमा पाँच जनाभन्दा कम कामदार भएमा कम्पनी सञ्चालकले न्यूनतम तलबमा कामदारलाई काम लगाउन सक्छ । यही नियमका आधारमा कृषिमा काम गर्ने कामदारलाई न त सार्वजनिक बिदाका दिन छुट्टी पाउँछन् न त ओभरटाइमको पैसा कम्पनीले नदिने गरेको एमटीयूसीको आरोप छ ।

ईपीएस प्रणालीमार्फत पहिलो पटक कोरिया आउँदा तीन वर्ष र थप एक वर्ष १० महिनाको भिसा पाउने चलन छ । झन्डै पाँच वर्ष कोरियामा काम गरेपछि मात्रै घर जाने धेरै भएको एमटीयूसीको अध्ययनमा छ ।

साप्ताहिक बिदा पाउनुपर्ने भए पनि महिनामा दुई दिन मात्रै बिदा दिने चलन छ । दैनिक काम पनि ८ घण्टाभन्दा बढी समय लगाउने गर्छन् । बढी समय काम लगाए पनि धेरै कृषि कम्पनीले ओभरटाइमको पैसा नदिने गरेको एमटीयूसीले गुनासो आउने गरेको बताएको छ ।

कोरियाली कामका दुःख र श्रम अधिकारका कुरा गर्न नसक्नुको एक मात्र कारण पैसा भएको एमटीयूसीले जनाएको छ । एउटै कम्पनीमा ४ सयभन्दा बढी नेपाली कामदार छन् । तर, उनीहरुलाई खानबस्नको सुविधा राम्रो नभएको एमटीयूसीको आरोप छ । भने, कृषि क्षेत्रमा भने तुलनात्मक रूपमा तलब सुविधा कम हुन्छ ।