गोरखामा जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जना आफन्त
वि.सं.२०८० असार ८ शुक्रवार १०:३४
shares

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो जिल्लाको सहिद लखन गाउँपालिका–५, मा भएको दुर्घटनामा मृतक पाँचै जनाको पहिचान खुलेको छ।
पोखरीडाँडाका १८ वर्षीय निरज थापा, सोही ठाउँका वर्ष २२ का प्रविन थापा, सोही ठाउँकी १७ वर्षीया नविना थापा, सोही ठाउँका ६५ वर्षीय धनबहादुर थापा र २४ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको गोरखा जिल्ला प्रहरी कार्यालयका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।
सहिद लखन गाउँपालिका–३ सिलिङमा आइतबार बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खस्दा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, गोरखा प्रहरीका अनुसार दुर्घटनामा स्थानीय लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएका हुन्। घाइते पनि सबै जना एकै ठाउँ सहिदलखन गाउँपालिका (५, पोखरीडाँडाका बासिन्दा हुन्।

























