गृहपृष्ठ स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक छ : स्वास्थ्यमन्त्री मेन्याङ्बो
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यक छ : स्वास्थ्यमन्त्री मेन्याङ्बो
कोशी प्रदेशका स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने बताएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवासम्बन्धी बहस पैरवी’ कार्यक्रमको उद्घाटन गर्दै उनले स्वास्थ्य संस्थाबाट आम नागरिकले जुन रुपले सेवा सुविधान पाउने हो त्यो रुपमा पाउन सकेका छैनन् भने।
उनले स्वास्थ्य केन्द्रमा आवश्यकताा अनुसारको दरबन्दी नहुनु र भएका दरबन्दीमा चिकित्सक जान नमान्ने आफैमा विडम्बना हो भन्दै सरकारले यस्ता कुरालाई सुधार गरेर छाड्ने बताए । कोशी प्रदेश स्वास्थ्य सचिव सुधा देवकोटाले सञ्चारकर्मीको सूचना र समाचारबाट आम नागरिक सुसूचित हुने भएकाले समाचारमा विशेष ध्यान दिनुपर्ने बताए । उनले हरेक क्षेत्रको कमी कमजोरी औँल्याउने सञ्चारकर्मीको मेहनत र प्रयासबाट नै धेरै रोग नियन्त्रण गर्न सरकारलाई सफलता मिलेको चर्चा गरे ।
स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सरकारले सञ्चालन गरेको विभिन्न अभियान एवं कार्यक्रमलाई आम नागरिकको तहमा पु¥याउन सञ्चारकर्मीको भूमिका अग्रणी रहेको बताए । कार्यक्रममा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेदर अली, संवाद समूह कोशी प्रदेशको तर्फबाट सुमन सुस्केरा र उद्धव भेटवालले आआफ्ना कार्यपत्र प्रस्तुत गरेको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मी र स्वास्थ्यकर्मीको बीचको सम्बन्धम बारेमा चर्चा गरेका थिए ।
प्रकाशित समय : १८:३८ बजे

















