काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नयाँ ‘भिमकाय’ पार्टी कार्यालयमा पहिलो स्थापना दिवस मनाउँदै रास्वपा

9.51K
shares

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (असार ७ गते) आफ्नो पहिलो स्थापना दिवस मनाउँदै छ। गत वर्ष आजकै दिन राष्ट्रियसभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिएको थियो । यो पार्टी निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो ।

बुधबारमात्र बसुन्धरास्थित सानो आठकोठे कार्यालयबाट बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ‘भिमकाय’ ६ तले भवनमा पार्टी कार्यालय सारेको छ । रास्वपाले आज त्यहीँ संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक, पत्रकार सम्मेलन तथा चियापान गरी आफ्नो प्रथम स्थापना दिवस मनाउने भएको हो ।

१० बजे केन्द्रीय समिति बैठक र ११ बजे पत्रकार सम्मेलन गरिसकेपछि दिउँसो १ बजे प्रधानमन्त्रीदेखि सबै राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिसहितको उपस्थितिमा चियापान कार्यक्रमसमेत हुँदैछ ।