गृहपृष्ठ नयाँ ‘भिमकाय’ पार्टी कार्यालयमा पहिलो स्थापना दिवस मनाउँदै रास्वपा
नयाँ ‘भिमकाय’ पार्टी कार्यालयमा पहिलो स्थापना दिवस मनाउँदै रास्वपा
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (असार ७ गते) आफ्नो पहिलो स्थापना दिवस मनाउँदै छ। गत वर्ष आजकै दिन राष्ट्रियसभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरिएको थियो । यो पार्टी निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो ।
बुधबारमात्र बसुन्धरास्थित सानो आठकोठे कार्यालयबाट बालाजुस्थित समृद्धि स्कुल नजिकैको नयाँ ‘भिमकाय’ ६ तले भवनमा पार्टी कार्यालय सारेको छ । रास्वपाले आज त्यहीँ संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक, पत्रकार सम्मेलन तथा चियापान गरी आफ्नो प्रथम स्थापना दिवस मनाउने भएको हो ।
१० बजे केन्द्रीय समिति बैठक र ११ बजे पत्रकार सम्मेलन गरिसकेपछि दिउँसो १ बजे प्रधानमन्त्रीदेखि सबै राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिसहितको उपस्थितिमा चियापान कार्यक्रमसमेत हुँदैछ ।
प्रकाशित समय : १०:१३ बजे



















