गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच बालुवाटारमा भेटवार्ता, आन्दोलन उपलब्धि रक्षा गर्ने विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच बालुवाटारमा भेटवार्ता, आन्दोलन उपलब्धि रक्षा गर्ने विषयमा छलफल
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।
साथै उनीहरुबीच माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रचण्डलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
भेटमा माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि छलफल भएको बताइएको छ ।
यही असार ४ गते उक्त दुई पार्टीसहित नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गरेर चार पार्टीले समाजवादी मोर्चा बनाएका छन्।
प्रकाशित समय : १०:२४ बजे



















