काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु

8.48K
shares

चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निंगासियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ ।

बुधबार राति निंगासिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चीनमा एयसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।