गृहपृष्ठ चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निंगासियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ ।
बुधबार राति निंगासिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।
चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनमा एयसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।
प्रकाशित समय : ०९:५८ बजे



















