global ime bank Long Banner Ad

गृहपृष्ठ शेयर बजार घट्दा यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनी

शेयर बजार घट्दा यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनी

शेयर बजार घट्दा यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनी

१० दिन देखि लगातार उकालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक २६ दशमलव ५६ अंकले घटेर २,०६४ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज ३० कम्पनीको शेयर मुल्य बढेको छ भने १९२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ । आज कम्पनीको २० करोड ५७ लाख रुपैयाँ शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु