गृहपृष्ठ पहिरोका कारण पाँचथरमा ३३४ विस्थापित, ४ स्थानिय तहका विद्यालय विदा
पहिरोका कारण पाँचथरमा ३३४ विस्थापित, ४ स्थानिय तहका विद्यालय विदा
असार २ गते रातिदेखि जारी वर्षाका कारण गएको पहिरोका कारण पाँचथर जिल्लामा ३ सय ३४ जना विस्थापित भएको ,पाँचथर जिल्ला प्रशासनले जनाएको छ ।
पहिरोका कारण हालसम्म ६८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।जिल्लाको याङवरक, फालेलुङ, हिलिहाङ र फिदिममा यत्तिका नागरिक विस्थापित भएका हुन् ।
पछिल्लो पटक पछिल्लो पटक गएको पहिराले जिल्लाको फालेलुङ गाउँपालिका ३ लुम्मिनदाङका २५ घर परिवार विस्थापित भएका छन् । यस्तै, हिलिहाङ ७ मा ७ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको फालेलुङ ५ डाँडाडाँ बस्ती नजिकै जमिन भासिएपछि ४० घर जोखिममा परेको वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए ।बाढी पहिरो परेर हालसम्म ३ जनाले ज्यान गुमाएका छन भने ३ जना बेपत्ता छन् । पहिरोका कारण १५ वटा झोलुङ्गे पुल बगेका छन् ।
बाढीले हेंवा तमोर नदीका पुल बगाँउदा मेची राजमार्गमा आवागमन ठप्प भएको छ । ठाउँ ठाउँमा विद्युत् र खानेपानी आयोजनामा क्षति पुगेको छ ।
यसैगरी अत्याधिक वर्षासँगै बाढी र पहिरो जाने क्रम नरोकिएपछि पाँचथर जिल्लाका चार वटा स्थानीय तहले असार ६ गते सम्म विद्यालयमा बिदा दिएका छन । बाढी र पहिरोबाट प्रभावित फिदिम नगरपालिकासँगै,याङवरक,फालेलुङ र हिलिहाङ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन ।
प्रकाशित समय : १४:१३ बजे

















