गृहपृष्ठ युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न
युनिग्लोव कलेजमा १२ औं व्यापार मेला सम्पन्न
काठमाडौँको नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परीसरमा यही मिति २०८० जेठ २९ गते सोमबार देखि असार १ गते शुक्रबार ९५ दिन० सम्म सञ्चालन भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
यस महोत्सवमा २५ भन्दा धेरै स्टल राखिएको छ र ती स्टलहरूमा खानेकुरा सहित बजारमा उत्पादन भएका सामानहरु राखिएको छ ।
यस कार्यक्रमका लागि कलेजले विद्यार्थीहरुलाई आर्थिक ऋण उपलब्ध गराउछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो व्यापार सुरु गर्दछन् । यस कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो उद्यामी क्षमता विकास गर्नुको साथसाथै उनिहरुलाई व्यापारको वास्तविक महत्व सिकाउने मुख्य लक्ष्य लिएको छ ।
यसैगरि उक्त कार्यक्रमबाट विद्यार्थीहरुले व्यावसायका लागि चाहिने बिजनेश प्रपोजल कसरी बनाउने, ऋण कसरी लिने देखि ब्यालेन्स सिट, मार्केटिङ, म्यानेजमेन्ट नेटवर्कीङको बारेमा विस्तिृत रूपमा बुभm्ने अवसर पाउनेछन् ।
यहाँ सिकेका कुरा आफ्नो व्यापार व्यवसायमा समेत लगाउनेछन् र कतिपय विद्यार्थीहरुले त यो विजनेश आइडियालाई नै अगाडी बडाउने लक्ष्य लिएका छन् ।
यस कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, स्थानीय बासिन्दाको उल्लेखनिय उपस्थिीति भएको थियो र यस कार्यक्रममा ५ हजार जनाले अवलोकन गरेका थिए ।
प्रकाशित समय : १५:५७ बजे



















