global ime bank Long Banner Ad

गृहपृष्ठ भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ ।

आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३४ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ ।

यही मूल्य यथावत रहेमा निगमलाई आगामी १ दिनको नाफा लगभग १ अर्ब ७५ करोड रुपैयाँ हुने निगमले जनाएको छ ।

निगमअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । अब निगमले आइओसीलाई तिर्ने बक्यौता २ अर्ब भारुमा सिमित भएको छ ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु