काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

असारमा निक्षेपको ब्याज स्थिर बन्दा कर्जाको घट्दै

7.31K
shares

वाणिज्य बैंकहरूले निक्षेपमा हालकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले मंगलबार असारका लागि निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो ।

निक्षेपको ब्याजदर स्थिर रहे पनि कर्जाको भने घट्ने संघले जनाएको छ ।

हाल ४.२ प्रतिशतको अधिकतम सीमा रहेको स्प्रेड दर असार मसान्तभित्र ४ प्रतिशतको सीमाभित्र ल्याउन राष्ट्र बैंकको निर्देशन छ । निक्षेपमा बैंकहरूले दिने ब्याजदर र कर्जामा लिने ब्याजको औसत अन्तर नै स्प्रेड दर हो । स्प्रेड दर घटाउन निक्षेपको औसत ब्याजदर यथावत् रहँदा कर्जाको औसत ब्याज घटाउनुपर्छ ।

पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रूपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्थाले हरेक महिना कर्जाको ब्याजदर परिवर्तन हुन थालेको छ ।

ब्याजदर घट्दै जाँदा सेयर बजारको परिसूचक नेप्से उकालो लागेको छ । केही दिनयता उकालो लागेको सेयर बजारको परिसूचक नेप्से २०२० अंकमा पुगेको छ । तीन दिनमा नेप्से ८१ अंक बढेको छ ।