global ime bank Long Banner Ad

गृहपृष्ठ गर्मीमा पिउनुहोस् कागती पानी

गर्मीमा पिउनुहोस् कागती पानी

भूमिका बिष्ट/न्युजकाराेबार

गर्मीमा पिउनुहोस् कागती पानी

बिहान उठ्नसाथ तातो चिया घुट्क्याउने हामीमध्ये धेरैको बानी हुनसक्छ । तर, खाली पेटमा तातो चिया पिउनु त्यति लाभदायक मानिदैँन । अहिले स्वास्थ्यप्रति सचेत हुने व्यक्तिहरुले बिहान खाली पेटमा मनतातो पानी पिउने गरेका छन् । जुन एकदमै फाइदाजनक छ ।

साथै अहिले गर्मी बढेको छ । धेरैले कागती पानी पनि पिउने गरेका छन् । कागती पानी पिउनु छाला र पाचन सुधारलगायत धेरै फाइदासँग जोडिएको पोषणविद् मिरा शाह बताउँछिन् । प्रस्तुत छ, उनै पाेषणविद् शाहसँग गरिएकाे कुराकानीः

कागती पानी के हो ?

कागती र अन्य सिट्रस फलहरू तिनीहरूको रंगीन छाला र टार्ट, स्फूर्तिदायी स्वादका लागि परिचित छन् । कागती पानी भनेको कागतीको फलको रस हो । जसलाई पानीसँग मिलाएर तातो वा चिसो पिउन सकिन्छ । जसमा कागतीको रस, मह, पुदिना वा बेसार वा लाल मिर्च जस्ता मसलाहरू मिसाएर पनि पिउन सकिन्छ ।

कागती पानीका फाइदाहरू के हुन् ?

यसमा क्यालोरी हुँदैन । गर्मी महिना वा अन्य समयमा पनि यो अति नै राम्रो पेय पदार्थ हो । उमालेको कागती पानी अझ बढी उपयोगी रहेको विभिन्न अध्ययनले देखाएको छ । उमालेको कागती पानीको प्रयोगले प्रतिरोधात्मक क्षमता बढाउनुको साथै आन्द्राको समस्या, मोटोपना र शरीरमा भएको बिषालु पदार्थहरु निकाल्नेसमेत काम गर्छ ।

बान्ता र वाकवाकी कम गर्छ । पिसाबको समस्या, पत्थरीको समस्या, मेटाबोलिज्म बढाउने काम, क्यालोरी बर्न र इम्युनिटि बुस्ट गर्ने आदि यसको फाइदा रहेका छन्। फ्लसिङ आउट, शरीरमा भएको नचाहिने अशुद्ध पदार्थलाई हटाउन कागती पानीले मद्दत गर्दछ।

कागती पानीले पाचनमा मद्दत गर्नसक्छ । विशेष गरी बिहान सबैभन्दा पहिले पाचन नियमिततामा मद्दत गर्दछ ।

कागती पानीले मिर्गौलाको पत्थरी रोक्न सहयोग गर्नसक्छ । कागतीको रसमा पाइने साइट्रिक एसिडले क्याल्सियम अक्सालेटको निर्माणले गर्दा हुने मृगौलाको पत्थरीलाई रोक्न सहयोग गर्नसक्छ । पानीबाट निस्कने अतिरिक्त तरल पदार्थले हाइड्रेसन कायम राख्न र सम्भावित पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्नसक्छ ।

कागती पानी कसरी बनाउने ?

एक ग्लास पानीमा दालचीनी, मरिच र अदुवाको रस हालेर उमाल्ने । त्यसलाई छानेर त्यसमा कागतीको रस एकचम्चा थप्ने । बनिसकेपछि तपाईँ यसलाई चिया जस्तै गरि सेवन गर्न सकिन्छ ।

प्रकाशित समय : ०९:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु