काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कपालमा चाया किन पर्छ ? चायाबाट कसरी छुट्कारा पाउने ?

भूमिका बिष्ट/न्युजकाराेबार

19.91K
shares

चाया अर्थात ड्यान्ड्रर्फ । प्रायः टाउकोको छालामा देखिने वाक्क र दिक्क लाग्दो समस्या हो । जुन सजिलै छुटकारा नपाइने झन्झट बनेको छ । कपालमा चाया आयो भने हाम्रो कपालको सुन्दरतानै हराउने गर्छ । चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन । तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछन् । कतिले चायाबाट छुट्कारा पाउन घरेलुदेखि बिभिन्न ब्रान्डेट कस्मेटिक प्रोर्डक्टहरुको प्रयोग गरिरहेका हुन्छन् । तर पनि कपालको चायाँबाट छुट्करा पाइरहेका हुँदैनन् ।

चाया भएमा सुक्खा छालाका साना टुक्राहरू टाउकोबाट बाहिर निस्कन्छ । यदि कसैको कालो कपाल छ या गाढा रङ लगाएको छ भने, कपाल वा काँधमा फ्लेक्सहरू देखिन गर्छन । चायाले टाउको चिलाउन गर्छ । चायाको उपचार र नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी तरिका ‘एन्टी ड्यान्ड्रर्फ स्याम्फु’नै भएको छाला रोग बिशेषज्ञ डा. सुजन गौतम बताउँछन् ।

‘कपालको नियमित सफाई नहुँदा टाउकोमा चाया पर्ने सम्भावना बढी हुन्छ ।’ डा. गौतम भन्छन्, ‘शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्नसक्छ । बिभिन्न रोग, अखाद्य बस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्नसक्छ । साथै अत्यधिक तनाव लिने, शारीरिक थकानको काम गर्ने र केहि एलर्जीले समेत चाया पर्दछ ।’ चाया परेमा ‘एन्टी ड्यान्ड्रर्फ स्याम्फु’को प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

एन्टी ड्यान्ड्रर्फ स्याम्फु कसरी प्रयोग गर्ने ?

चाया परेमा दैनिक स्याम्फुको गर्नुपर्छ । हप्तामा दुईपटक एन्टी ड्यान्ड्रर्फ स्याम्फुको प्रयोग गर्दा पनि चाया गइरहेको छैन भने अझ सक्रिय स्याम्फुको प्रयोग गर्न चिकित्सकहरु सुझाव दिन्छन् । कुनै स्याम्फुमा जिंक पैरिथियोन, केटाकोनाजोल नामक फंगस नासक औषधि राखिएको हुन्छ भने, कुनै स्याम्फुमा पाप्रा बन्न नदिने कोल टार, सेलिसैलिक एसिडजस्ता औषधि राखिएको हुन्छ । बिभिन्न प्रकारका स्याम्फुमध्ये आफूलाई उपयुक्त हुने स्याम्फू छानिसकेपछि कम्तिमा एक महिना नियमित लगाउनुपर्छ । सुधार भएन भने स्याम्फु बदल्न सकिन्छ । यसका लागि चर्म रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।

चाया हराइसकेपछि प्रयोग गरिरहेको स्याम्फु लगाउन छोड्दा फेरि आउने सम्भावना रहन्छ । स्याम्फुमा दिइएको लगाउने तरिका राम्रोसँग पढ्नुपर्छ र त्यही अनुसार उपयोग गर्नुपर्छ । त्यसका साथै सेलेनियम सल्फाइड नामक औषधीको प्रयोगले पनि चाया हटाउन सकिन्छ ।

एन्टी ड्यान्ड्रर्फ स्याम्फुले कपाललाई केही हानी त गर्दैन ?

एन्टी ड्यान्ड्रर्फ स्याम्फुको प्रयोग गर्दा सावधान रहनुपर्छ । जसमा कोल टार हुन्छ । टार स्याम्फुले खैरो वा सेतो कपाललाई रंगाउन सक्छ, त्यसैले यदि हल्का रंगको कपाल छ भने, फरक ड्यान्ड्रर्फ स्याम्फु छनौट गर्नुपर्छ । टार स्याम्फुले टाउकोलाई सूर्यको किरणप्रति बढी संवेदनशील बनाउने क्षमता पनि राख्छ । यस प्रकारको ड्यान्ड्रर्फ स्याम्फु प्रयोग गर्दा बाहिर जाँदा टोपी लगाएर र सम्भव भएसम्म छायाँ खोजेर आफ्नो टाउकोलाई घामबाट जोगाउन पर्छ । कपाल धोएपछी थोरै मात्र सुक्न दिएर कन्डिशनरकाे प्रयोग गर्नुपर्छ । चायाका कारण कहिलेकाही मलेसिजिया नामक फंगस हुन पनि सक्ने डा. गाैतमकाे भनाइ छ ।

स्याम्फुको प्रयोग गरेपछि पनि लक्षणहरू देखा परेमा छाला विशेषज्ञसँग परामर्श लिनुपर्छ ।