global ime bank Long Banner Ad

गृहपृष्ठ असार मशान्तभित्र एकीकृत कारोबार गर्दा राष्ट्र बैंकले दिएका ६ छुट, के छन् फाइदा र बेफाइदा ?

असार मशान्तभित्र एकीकृत कारोबार गर्दा राष्ट्र बैंकले दिएका ६ छुट, के छन् फाइदा र बेफाइदा ?

असार मशान्तभित्र एकीकृत कारोबार गर्दा राष्ट्र बैंकले दिएका ६ छुट, के छन् फाइदा र बेफाइदा ?

नेपाल राष्ट्र बैंकले २०८० असार मशान्तभित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई ६ सुविधा उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले एकीकृत कारोबार वा मर्जरमा जाने बैंकहरुलाई थप प्रोत्साहन गरेको छ । यसअघि पुस मशान्तसम्म एकीकृत कारोबार गर्ने संस्थाले मात्रै छुट पाउने बताएको थियो ।

केन्द्रिय बैंकले मंगलबार एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको समयदेखि ६ सुविधा तथा छुट प्रदान गरिने केन्द्रिय बैंकले जनाएको छ ।

केन्द्रिय बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने भनिएको छ।

के हो एकीकृत कारोबार ?

बैकहरुले गाभ्ने र गाभिने प्रक्रियापश्चात दुुबै बैंकको एउटै नाम बनाएर सम्पूर्ण कारोबार एउटै खाताबाट संचालन गर्नुलाई एकीकृत कारोबार भनिन्छ । यो प्रकियामा मर्जर भएका दुुई वा दुुईभन्दा बढी बैंकका ग्राहकलाई अर्को नयाँ खातामा जोडिन्छ । मर्जरको समयमा भएका सम्झौता अनुुसार कति बैंकको शेयर मूूूल्य घट्छ भने कतिको यथावत हुन्छ । यो प्रक्रियामा बैंकको चुक्तापूजी पनि बढी हुन्छ । यसले कारोबारमा समस्या पर्दैन।

कुनै पनि संस्था आपसमा मर्ज हुँदा गाभिने संस्थाहरुको सम्पत्ति र दायित्वलाई एकै ठाउँमा समेटिन्छ। अर्को तर्फ, एक्विजिसन भनेको एउटा इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई खरिद प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य हो। यस अन्तर्गत कुनै एक बलियो संस्थाले आफूभन्दा कमजोर संस्था अथवा कम्पनीलाई आफूमा समाहित गराएर विलय गराउने काम गर्दछ। जसमा कमजोर संस्थाले आफू भन्दा बलियो संस्थालाई आफ्नो सम्पत्ति र दायित्व सुम्पने काम गर्दछ।

राष्ट्र बैंकले दिएका सुुविधाबाट बैंकलाई हुुने फाइदा

बैंक मर्जरसँगै उक्त बैंकको आकार ठूलो हुन्छ । जसले गर्दा बैंकहरूले नयाँ बैंकिङ प्रविधिमा लगानी गर्न सक्छन् । यसले कारोबारलाई सहज अनि सस्तो बनाउन सक्दछ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप प्राप्त हुनेछ ।

सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको समयमै अर्को संस्थामा आवद्ध हुन पाउनेछन् ।

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय पाइनेछ ।

गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन थप समय मिल्नेछ ।

यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप हुनेछ।

एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक पर्ने छैन ।

यसबाट हुने बेफाइदा

बैंकको मर्जरले ल्याउने मुख्य समस्या भनेको कर्मचारीको समस्या हो। हाम्रो देशमा बैंकहरू जोडिएर दुई भए पनि उनीहरूको मन भने एक हुन सकेको नहुने र भेदभाव हुने ।

यस्तै बैंक मर्जरमा जाँदा भीआरएसका नाममा राम्रा कर्मचारी निस्किने गर्दछन् यसले बैंक संचालनमा केही समस्या आउछ ।

यसले बैंकको आर्थिक दायित्व थपिदिएको छ भने धेरै बैंकले राम्रा बैंकरहरू गुमाएका छन् । जसले गर्दा उनीहरू बेरोजगार बस्नुपर्ने अवस्था आएको छ ।

बैंक मर्जरले कर्मचारीलाई मात्र होइन ग्राहकलाई पनि उत्तिकै झन्झटिलो बनाएको हुन्छ । मर्जर पश्चात् नयाँ खाता नम्बर लिनु पर्छ । नयाँ चेकबुक चाहिन्छ ।

यसले कतिपय ग्राहकलाई त दिक्कै पारेको हुन्छ । यससँगै बैंकहरू मर्ज हुँदा ऋणीहरूलाई पनि उत्तिकै समस्या हुन्छ ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु