global ime bank Long Banner Ad

गृहपृष्ठ के हो डिम्याट ? खाता कसरी खोल्ने

के हो डिम्याट ? खाता कसरी खोल्ने

के हो डिम्याट ? खाता कसरी खोल्ने

शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।

आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ ।

यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदबिक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस शेयर तथा हकप्रद शेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो शेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।

डिम्याट खाता कसरी खोल्ने ?

डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । फोटो र नागरिकता चाहिन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा दलाल कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ ।

डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको सेयर सोहि खातामा जम्म हुन्छ । खाता खोलेपछि आफ्नो खातानम्बर तथा चेक बुक पाइन्छ । सेयर कारोबार गर्दाको समयमा डिम्याट अकाउन्ट दलाल कम्पनीलाई दिनु पर्ने हुन्छ । सोही अनुसार खातामा सेयर जम्मा हुन्छ भने बिक्री गर्दा चेक काटेर दिएपछि सेयर खातावाट खरिदवालाको खातामा ट्रान्स्फर हुन्छ । बिना झण्झट तुरुन्तै नामसारी समेत गर्न सकिन्छ ।

यो सिस्टम सुरु हुनुअघि सेयरको नामसारीका लागि महिनौ कुर्नुपथ्र्यो । साथै शेयर नामसारीमा पठाउने भए छुट्टै खर्च समेत लाग्थ्यो । तर, कागजबिहीन सेयर कारोबार प्रणालीमा त्यो झन्झटको पनि अन्त्य भएको छ ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु