गृहपृष्ठ भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई गराए जानकारी
भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपति पौडेललाई गराए जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । आज राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले आजबाट हुँन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले आज चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः२५ बजे प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित समय : १०:५९ बजे



















