nmb bank

गृहपृष्ठ मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तारः नवनियुक्त तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तारः नवनियुक्त तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तारः नवनियुक्त तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । आज नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्रप्रसाद सिंह र एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साथै मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीहरुको जिम्मेवारी हेरफेर पनि गरेका छन् । जसअनुसार जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुसवाहालाई विना विभागीय मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित समय : १७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु