गृहपृष्ठ त्रिभुवन विमानस्थलमा कीर्तिमानी आरोही हरि बुढामगरको भव्य स्वागत (फोटोफिचर)
त्रिभुवन विमानस्थलमा कीर्तिमानी आरोही हरि बुढामगरको भव्य स्वागत (फोटोफिचर)
कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरि बुढामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
उनको स्वागतका लागि नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणको विमानस्थलमा उपस्थिति थियो । उनलाई मन्त्री किरातीले खादासँगै ढाकाटोपी लगाइदिएर स्वागत गरेका थिए ।
सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्वबेलायती गोर्खा सैनिक बुढामगरले गत शुक्रबार दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।







प्रकाशित समय : १७:३६ बजे



















