global ime bank Long Banner Ad

गृहपृष्ठ विभिन्‍न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

विभिन्‍न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

विभिन्‍न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित नौजना पक्राउ परेका छन् ।  सिन्धुलीको कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ४० मिलिग्रामसहित सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय अविनाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५२६१ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१७ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्रामसहित सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय मोहम्मद अली साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयशपुर र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 झापाको कन्काई नगरपालिका–४ परिवर्तन टोल बस्ने १७ वर्षीय किशोरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 झापाकै कन्काई नगरपालिका–४ मनकामना मन्दिर परिसरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६०० मिलिग्रामसहित भोजपुर हतुवागढी गाउँपालिका–१ घर भएका ४२ वर्षीय प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 मोरङको उर्लाबारी नगरपालिका–४ किसान चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले सडकको किनारमा रोकी राखेको प्रदेश १–०२–०५० प–५४४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

 रूकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका–५ लुदुङ खोला भन्ने स्थानबाट अवैध लागुऔषध अफिम १ किलोग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीया अबिसरा रोका र १८ वर्षीय किशोरी रहेका छन् ।

 महोत्तरीको गौशाला नगरपालिका–१२ बाँके खोला रेलवे पुल नजिकबाट अवैध लागुऔषध गाँजा करिब ८२ किलोग्रामसहित सर्लाही ईश्वरपुर नगरपालिका–१२ ईश्वरपुर बस्ने २६ वर्षीय गणेश सार्की समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी  कान्तिबजार महोत्तरीबाट खटिएको प्रहरीले ना.७ त २२०० नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्याक्टर चालक गणेशसमेत दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु