global ime bank Long Banner Ad

गृहपृष्ठ अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छः मन्त्री आचार्य

अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छः मन्त्री आचार्य

अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छः मन्त्री आचार्य

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । आज होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा योजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताएका हुन ।

“यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति समाजमा विभिन्न लान्छना, भेद्भावपूर्ण व्यवहारसहित बस्नुपर्ने अवस्था छ । अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छ” मन्त्री आचार्यले भने ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अल्पसङ्ख्यक समुदायको मर्यादित जीवनका लागि आयोग प्रतिबद्ध रहेको बताउनुभयो । “आयोग अल्पसङ्ख्यक समुदायको संरक्षण र संवर्द्धन गर्नका लागि प्रयासरत छ । समलिङ्गीको विवाहलाई कानुनी मान्यता दिन सरकारलाई सिफारिस गरेलगायत उनीहरुको अधिकार र आवश्यकतालाई उच्च प्राथमिकतामा राखिएको छ” उनले भने ।

प्रकाशित समय : १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु