global ime bank Long Banner Ad

गृहपृष्ठ केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने राप्रपाको निर्णय

केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने राप्रपाको निर्णय

केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका केन्द्रीय नेतालाई भूगोलकेन्द्रीत जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।  राप्रपाको जेठ १ गते सोमबारदेखि आजसम्म धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य समितिले सो निर्णय गरेको हो ।

राप्रपाका सगुनसुन्दर लावतीले प्रेस विज्ञप्ति जारी गर्दै बैठकले अध्यक्षबाट प्रस्तुत कार्यपत्र तथा अन्य प्रतिवेदनहरु परिमार्जनसहित पारित गरेको जानकारी दिए । यसैगरी, राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसाग जोडदार माग गरेको छ ।

पार्टीको हरेक समिति र तहमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष मुनिका युवा निश्चित सङ्ख्यामा प्रतिनिधित्व सुनिश्चित गर्ने, सरकारी कर्मचारीको सङ्गठन नबनाउने, विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय भएको छ । राप्रपाले संसदीय दलको विधान पारित गर्ने तथा यसअघि कार्यसम्पादन बैठकका निर्णय अनुमोदन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित समय : १८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु