काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज सेयर बजार २३.३९ अंकले वृद्धि

5.65K
shares

सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। आज २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएको छ ।

सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसैगरी, नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

र सकारात्मक सर्किट लेभलमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ।