global ime bank Long Banner Ad

गृहपृष्ठ अब छुट मूल्यमा स्मार्टफोन रेड्मी १०

अब छुट मूल्यमा स्मार्टफोन रेड्मी १०

अब छुट मूल्यमा स्मार्टफोन रेड्मी १०

 शाओमीले रेडमी १० (२०२२) नेपाली  प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ  मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं । हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ ।”

रेडमी १० (२०२२) ४जीबी‍ + ६४ जीबी को वास्तविक मूल्य रु २०,४९९ रहेको छ । यस्तै  छुट पछि यसको मूल्य रु १९,९९९ कायम गरिएको कम्पनीको भनाइ छ । रेडमी १० (२०२२) ६जीबी +१२६ जीबी को वास्तविक मूल्य रु २३,९९९ रहेकामा छुटपछि मूल्य रु २२,९९९ पर्ने कम्पनीको भनाइ छ ।

यो फोन देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु