global ime bank Long Banner Ad

गृहपृष्ठ सबै भ्रष्टाचार काण्डको छानबिन गर्न राप्रपाद्वारा माग

सबै भ्रष्टाचार काण्डको छानबिन गर्न राप्रपाद्वारा माग

सबै भ्रष्टाचार काण्डको छानबिन गर्न राप्रपाद्वारा माग

राप्रपाले सबै भ्रष्टाचार काण्डको छानबिन गर्न माग गरेको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणसहित सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्तेलगायतका कसुरमा कारबाही चलाउन राप्रपाको माग छ ।

बैठकले भ्रष्टाचार निर्मूल पार्न ललिता निवास जग्गा प्रकरण, माओवादी लडाकु शिविरको घोटाला, एनसेल प्रकरण, वाइडबडीलगायत सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु