global ime bank Long Banner Ad

गृहपृष्ठ सोफेस नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

सोफेस नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

सोफेस नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसको तयारी पूरा

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् ।

प्रतियोगितामा १ सय ९० ब्वाइज तथा ८० गर्ल्स गरी जम्मा २ सय ७० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । उपत्यका तथा मोफसलका बुटवल र हेटौंडाका विभिन्न ३५ विद्यालय सहभागी हुने छन् । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने प्रावधान छ ।

ब्वाइजरगर्ल्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिष्पर्धा हुनेछ । सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३–३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताको पहिलो दिन ब्वाइजगर्ल्स सिंगल्सको फाइनल हुनेछ ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु