काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थाइल्यान्डमा ४२ वर्षीय पिटाको नेतृत्वमा नयाँ पार्टीको उदय

6.28K
shares

थाइल्यान्डमा गत आइतबार भएको निर्वाचनमा सेनानिकट पुराना दललाई उछिन्दै विपक्षी दल मुभ फरवार्ड पार्टी -एमएफपी_ले पहिलो स्थान हासिल गरेको छ । सन् २०२० मा गठन भएको प्रगतिशील पार्टी एमएफपीले ५ सय सदस्य हुने संसद्को निर्वाचनमा १५२ सिट जितेको हो ।

४२ वर्षीय पिटाको नेतृत्वमा ३ वर्षअघि स्थापित एमएफपीसँग सेनानिकट पुराना दलको हार भएको हो ।

२० वर्षदेखि चर्चित रहेको अर्को विपक्षी दल फेउ थाईले भने १४१ सिट जितेको छ । यी दुई दलले मिलेर थाइल्यान्डमा सरकार बनाउने सम्भावना छ । वर्तमान प्रधानमन्त्री प्रयुत चान–ओचा नेतृत्वको सत्तारूढ दल युनाइटेड थाई नेसन पार्टी (यूटीएन)ले यस चुनावमा ३६ सिट मात्र जितेको छ ।

एक दशकयता सेनाको समर्थनप्राप्त पुराना दलहरूले थाइल्यान्डमा शासन गर्दै आएका थिए । ती पार्टीलाई यस पटकको निर्वाचनमा पनि जनताले शासनका लागि अयोग्य ठहर गरेका छन् ।