काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नक्कली शरणार्थी प्रकरणः पुर्व मन्त्री खाँणको बयान आज पनि

5.78K
shares

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ । गत बिहिवार पक्राउ परे पनि सोमवारबाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो । सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार सोमवारबाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । आज पनि उहाँको बयान हुनेछ’ उनले भने ।

सो प्रकरणमा मुछिए पनि खाँणले मोबाइल फरम्याट गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमवारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको वयान दिए पछि खाँण सो पक्ररणमा तानिएका हुन ।

साथै, तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफुले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिईएको हो ।