काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भक्तपुरको आगलागी : दुई करोड २९ लाख क्षति

6.89K
shares

आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।

३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो ।

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर मुचुल्का गरी सार्वजनिक गरेको विवरणमा दुई करोड २९ लाख बराबरको क्षति भएको उल्लेख छ ।