गृहपृष्ठ प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो–मेयर शाह
प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो–मेयर शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यसपटक भने भ्रष्टचारी विरुद्धमा मुख खोलेका छन् ।
उनले भ्रष्टचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिद्यै कारबाहीमा जानु पर्ने जनाएका छन् । ‘तपाईहरुलाई यत्रो भोट दिएर नेता बनाएकोको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’
उनले फेसबुकमा लेखेका छन, ‘भ्रस्टाचार बिरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस । यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।पत्याउदिन म चही । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।
प्रकाशित समय : ०८:५६ बजे



















