गृहपृष्ठ हैजाबाट इथोपियामा मुत्यु हुँनेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग
हैजाबाट इथोपियामा मुत्यु हुँनेको संख्या ९८ पुग्यो, राष्ट्र संघले माग्यो अन्तर्राष्ट्रिय सहयोग
इथियोपियामा हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । दक्षिणपूर्वी इथोपियामा फैलिएको हैजाका कारण अहिलेसम्म ९८ जनाको मृत्यु भएको हो ।
संयुक्त राष्ट्रसङ्घीय यूएनओसीएचएका अनुसार गत साता देखी फैलिएको हैजाका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको हो । हाल, दक्षिणी पुर्वी इथोपियाका हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाइ सञ्चालन गरेर निरन्तर उपचारको कार्य जारी राखिएको छ ।
इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने यूएनओसीएचएले चेतावनी दिए पछि त्यहाँ सर्तकर्ता बढाईएको छ । चिकित्सकहरुलाई हैजा प्रभावित क्षेत्रमा जानका लागि आग्रह र निर्देशन दिईएको छ ।
सुरक्षित खानेपानीको आपूर्ति र सरसफाइमा देखिएको कमजोरीका कारण हैजा फैलिएको भन्दै युएनओसीएचएले पानीका मुहान तथा पानी टयांकरहरुमा हैजाको संक्रमण फैलाउन रोक्ने बिषाधीहरु प्रयोग गरिएको छ ।
उता, यूएनओसीएचएले हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको भन्दै अन्तर्राष्टिय सहयोगका लागि आब्हान गरेको छ ।
प्रकाशित समय : १०:२२ बजे

















