global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जीसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

त्यस्तै माओवादीका रेशमबहादुर जुग्जालीलाई पनि पाण्डेले मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार जीसीलाई आर्थिक मामिला र थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै माओवादीका जुग्जालीलाई भौतिक मन्त्रालयको जिम्मा दिइएको छ । एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई पनि मन्त्री बनाउने भनिए पनि अहिलेसम्म टुंगो लागेको छैन ।

एमालेका खगराज अधिकारीको सरकार ढलेपछि कांग्रेसका पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु