global ime bank Long Banner Ad

गृहपृष्ठ बाल यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले उनलाई गरेको हो ।

राईलाई दिउँसो करिब १२ बजेतिर पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए । ‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं,’ मुकारुङले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ।’

उनले आफ्नो विद्यालयमा आबद्ध बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउने लगायतका दूराचार गरेको विषयमा बिहीबार समाचारहरु प्रकाशित भएपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु