गृहपृष्ठ टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्छ – एमाले

टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्छ – एमाले

टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्छ – एमाले

नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीको विषयमा केन्द्रीय कमिटी बैठकमा विशेष छलफल गर्ने भएको छ । सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने ठहर गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर उनी फरार छन् । आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको थियो ।

बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’

प्रकाशित समय : १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु