गृहपृष्ठ नक्कली शरणार्थी प्रकरणः आज थप दुई जना पक्राउ
नक्कली शरणार्थी प्रकरणः आज थप दुई जना पक्राउ
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखाका रामशरण केसी र गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई आज अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
उनीहरु दुवै जना बिचौलिया हुन्। उनीहरुलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। चौधरी मोरङ बेलबारीका हुन्।
प्रकाशित समय : १८:२९ बजे

















