काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बजेटकै मुखमा भन्सारका महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा

5.88K
shares

मन्त्रिपरिषद्ले भन्सार विभागको महानिर्देशकसहित ४४ जना सहसचिवको सरुवा गरेको छ । फाजिलमा रहेका कतिपय सहचिवहरूलाई दरबन्दीमा पठाएको छ भने कतिपयलाई फाजिलबाट अतिरिक्त समूहमा राखेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा गरेको हो । भन्सार महानिर्देशक चक्रबहादुर बुढालाई पाँच महिनामा सरुवा गरेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पठाइएको छ । उनी गत मंसिर २९ गते भन्सार महानिर्देशकमा सरुवा भएका थिए ।

सरकारले १८ जना सहसचिवलाई ‘कामकाज गर्नेगरी’ भन्ने भाषा प्रयोग गरेर खटाएको छ । कामकाजको अर्थ तत्काल सरुवा नगरी काम मात्र गर्नेगरी सरुवा गरिएको हो । ६ जना सहसचिवलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

संघीय मन्त्री अमनलाल मोदीसँग मनमुटाव भएपछि सरुवा मागेका कमलप्रसाद भट्टराईलाई नागरिक उड्डयन मन्त्रालय सरुवा गरिएको छ । मन्त्री मोदीले भट्टराईलाई प्रशासन महाशाखाबाट हटाएपछि संघीय मन्त्रालय छाडेका हुन् । भट्टराईले सम्हाल्दै आएको जिम्मेवारी सहसचिव हेमराज तामाङलाई दिइएको थियो ।

कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा फाजिलमा रहेका ज्ञानेन्द्रप्रसाद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा सरुवा गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

लामो समय काम नदिई अर्थ मन्त्रालयमा राखिएका रघुराम बिष्टलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । मधेश प्रदेशमा रहेका राजेन्द्र पराजुलीलाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

नेपालगन्ज उपहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ गैह्रेलाई गृह मन्त्रालय सरुवा गरिएको छ । चार महिनाभन्दा बढी समय कामै नदिई गृह मन्त्रालय राखिएका सुमन घिमिरेलाई लुम्बिनी मुख्यमन्त्री कार्यालयमा कामकाजका लागि खटाइएको छ ।