काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर

5.5K
shares

 नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि शुक्रबार डलरको भाउ घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार पनि सोहिमूल्यमा यसको कारोबार भएको थियो ।

आज युरोपियन युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्उ १४४रुपैयाँ ६४ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १४४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८ पैसा तोकिएबको थियो । शुक्रबारको तुलनामा आइतबार युरोको भाउ ४४ पैसाले घटेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमूल्य आइतबार ८७ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ८८ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ७२ पैसाले बढेको हो । शुक्रबार यसको खरिददर ८७ रूपैयाँ १५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५५ पैसा कायम गरिएको थियो ।

यता, आज क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ३१ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रूपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रूपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रूपैयाँ ४३ पैसा र बिक्रीमा २९ रूपैयाँ ५७ पैसा पाइन्छ।

आज कुवेती दिनार एकको खरिदमा ४२६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रूपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ९६ पैसा तोकिएको छ।